बाइडेनले अमेरिकी राष्ट्रपतिको दौड त्यागेसँगै एशियाली सेयर बजारमा गिरावट, चीनद्वारा ब्याजदरमा अप्रत्याशित कटौती
काठमाण्डौ । जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेसँगै आज एशियाली सेयर बजारमा गिरावट आएको छ । आज जापानको निक्की२२५ इन्डेक्स १.२० प्रतिशत अर्थात ४७९ अंकले घट्दै ३९ हजार ५८४ विन्दुमा झरेको छ । वितेको ३ सातामा निक्की२५ ४० हजार विन्दु तल झरेको यो पहिलोपटक हो । त्यस्तै टोपिक्स इन्डेक्स पनि ०.९ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोप्सी पनि १.४...