बुधबार, माघ ९,२०८१ 10:46:50
IME remit
  • बुधबार, माघ ९,२०८१ 10:46:50
IME remit
Global IME Bank Limited

बाइडेनले अमेरिकी राष्ट्रपतिको दौड त्यागेसँगै एशियाली सेयर बजारमा गिरावट, चीनद्वारा ब्याजदरमा अप्रत्याशित कटौती

Hyundai Nepal
बाइडेनले अमेरिकी राष्ट्रपतिको दौड त्यागेसँगै एशियाली सेयर बजारमा गिरावट, चीनद्वारा ब्याजदरमा अप्रत्याशित कटौती
Nabil Bank Limited

काठमाण्डौ । जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेसँगै आज एशियाली सेयर बजारमा गिरावट आएको छ ।  

आज जापानको निक्की२२५ इन्डेक्स १.२० प्रतिशत अर्थात ४७९ अंकले घट्दै ३९ हजार ५८४ विन्दुमा झरेको छ । वितेको ३ सातामा निक्की२५ ४० हजार विन्दु तल झरेको यो पहिलोपटक हो । त्यस्तै टोपिक्स इन्डेक्स पनि ०.९ प्रतिशतले घटेको छ ।  

दक्षिण कोरियाको कोप्सी पनि १.४ प्रतिशतले ओरालो लागेको छ । दक्षिण कोरियाकै कोस्डाक पनि २.२ प्रतिशतले घटेको छ । अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स२०० मा ०.७६ प्रतिशतको गिरावट देखिएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

हङकङको हाङसेङ इन्डेक्स केहि गिरावटपश्चात भने ०.२ प्रतिशतले बढेको छ । साङसाङ इन्डेक्स ०.७१ प्रतिशत र सीएनबीसी १०० एशिया आईडिएक्स १.०५ प्रतिशतले ओरालो लागेका छन् ।  

यसैबीचमा चीनको केन्द्रीय बैंकले ब्याजदरमा अनेपक्षित कटौती गरेको छ । पिपुल्स बैंक अफ चाइनाले ७ दिनको अल्पकालिन रिभर्स पर्चेज रेट १.८ प्रतिशतबाट १.७ प्रतिशतमा झारेको छ ।  

यस्तै १ वर्ष र ५ वर्षको कर्जाको प्राइम रेट पनि १० बेसिक प्वइन्टलेृ घटाइएको छ । यी अवधिको दर क्रमशः ३.३५ र ३.८५ प्रतिशत कायम गरिएको छ । अर्थशास्त्रीहरुले चीनको केन्द्रीय बैंकबाट ब्याजदरमा कटौतीको अपेक्षा गरेका थिएनन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.