काठमाण्डौ । पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको छ, जुन उनको हड्डीमा फैलिएको छ। उनको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा सो जानकारी दिइएको हो । ८२ वर्षिय बाइडेन गत हप्ता पिसाब–सम्बन्धित लक्षणहरू देखिएपछि चिकित्सक कहाँ गएका थिए र शुक्रबार उनलाई क्यान्सर भएको पत्ता लागेको थियो ।
उनको रोगलाई ‘हाई ग्रेड’ क्यान्सरको रूपमा वर्गीकृत गरिएको छ। क्यान्सर रिसर्च युकेका अनुसार यसको मतलब क्यान्सर कोशिकाहरू छिटो फैलिन सक्छन्।
बाइडेन र उनको परिवारले यस क्यान्सरको उपचार विकल्पहरूको समीक्षा गर्दैछन्। पूर्व राष्ट्रपतिको कार्यालयले क्यान्सर हर्मोन–सेन्सेटिभ भएको र यसको व्यवस्थापन गर्न सकिने बताएको छ।
बाइडेनलाई क्यान्सर भएको खबर आएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘जो बाइडेनको हालैको चिकित्सा निदानको बारेमा सुन्दा मेलानिया र म दुःखी छु।’
ट्रम्पले बाइडेनलाई छिट्टै निको होस् भन्ने कामना समेत गरेका छन् ।