खर्च घट्दा जोशी हाईड्रोको घाटा ३०% ले घट्यो, रिटेन्ड अर्निङ १७.७९ करोडले ऋणात्मक
काठमाण्डौ । खर्चमा गरेको कटौतीका कारण जोशी हाईड्रोपावरको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ४८ लाख ८ हजार रुपैयाँ घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ३०.१३ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीको घाटा ४ करोड ८७ लाख रुपैयाँबराबर थियो । यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेको छ । अघिल्लो आवमा १ करोड...