सोमबार, असार २,२०८२ 06:46:47
  • सोमबार, असार २,२०८२ 06:46:47
Global IME Bank Limited

खर्च घट्दा जोशी हाईड्रोको घाटा ३०% ले घट्यो, रिटेन्ड अर्निङ १७.७९ करोडले ऋणात्मक

Hyundai Nepal
खर्च घट्दा जोशी हाईड्रोको घाटा ३०% ले घट्यो, रिटेन्ड अर्निङ १७.७९ करोडले ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । खर्चमा गरेको कटौतीका कारण जोशी हाईड्रोपावरको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ४८ लाख ८ हजार रुपैयाँ घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ३०.१३ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीको घाटा ४ करोड ८७ लाख रुपैयाँबराबर थियो ।  

यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेको छ । अघिल्लो आवमा १ करोड ७७ लाख रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी घटेर ९८ लाख ५६ हजार रुपैयाँमा सीमित बनेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च ७६.५९ प्रतिशतले घटेर १८ लाख २२ हजार, वित्त खर्च ७४.९९ प्रतिशतले घटेर ४९ लाख र ह्रासकट्टी खर्च ७९ प्रतिशतले घटेर ५६ लाख रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ १७ करोड ७९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.२९ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ५२.०७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२५.०५ रुपैयाँ,पीई रेसियो २५१.०३ गुणा र तरलता अनुपात ०.०४ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.