आईतवार, असार २२,२०८२ 08:49:56
  • आईतवार, असार २२,२०८२ 08:49:56
Global IME Bank Limited

इपीएस र आरओई नेगेटिभ रहेका कम्पनीमा दैनिक सर्किट, धेरै मूल्य बढेका ७ कम्पनीमध्ये ४ घाटाका

Hyundai Nepal
इपीएस र आरओई नेगेटिभ रहेका कम्पनीमा दैनिक सर्किट, धेरै मूल्य बढेका ७ कम्पनीमध्ये ४ घाटाका
Nabil Bank Limited

काठमाण्डौ । खुलेआम कर्नरिङ र निर्देशित कारोबारको परिणाम स्वरुप साताको अन्तिम कारोबार दिन बिहीबार पनि वित्तीय अवस्था खराब रहेका केही कम्पनीले सकारात्मक सर्किट हानेका छन् ।  

चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरणमा मुख्य सूचक निकै कमजोर भएका र नकारात्मक बनेका तथा घाटामा गएका कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्ने क्रम केही सातादेखि चलिरहेको छ । यो क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन पनि धेरै मूल्य बढेका ७ कम्पनीमध्ये ३ कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको(सर्किट लेभलमा कारोबार भएका समेत) छ। सर्किट लागेको र त्यही लेभलमा कारोबार भएका तीनैवटै कम्पनीको दोश्रो त्रैमाससम्मको रिटर्न अन इक्वीटी(आरओई) नेगेटिभ छ ।  

समाज लघुवित्त, जोशी हाइड्रो र सामलिङ पावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको(सर्किट लेभलमा कारोबारसहित) हो । यी तीनवटै कम्पनीको दोश्रो त्रैमाससम्मको रिटर्न अन इक्वीटी नेगेटिभ छ । समाजको ३.६९, जोशीको १.१४ र सामलिङको ५.९० प्रतिशतले आरओई नेगेटिभ छ ।  

समाज र जोशीको वार्षिककृत प्रतिसेयर आम्दानी(इपीएस) पनि नेगेटिभ छ । सामलिङको भने ५.४९ रुपैयाँले पोजिटिभ छ ।  

दोश्रो त्रैमाससम्म समाज र जोशी क्रमशः १६.७ लाख र १८.२५ लाख रुपैयाँ घाटामा छन् । सामलिङ भने १ करोड ३७ लाखले नाफामा छ । जोशीको प्रतिसेयर नेटवर्थ ६६.१८ रुपैयाँ मात्र छ । अंकित मूल्यभन्दा कम नेटवर्थ भएको यो कम्पनीको सेयरमूल्य केही दिनदेखि नियोजित ढंगले बढाइएको छ ।  

बिहीबार धेरै मूल्य बढेका ७ कम्पनीमध्ये अन्य चारमा बोटलर्स नेपाल(तराई) लिमीटेड, बोटलर्स नेपाल(बालाजू) लिमीटेड, ग्रामीण विकास लघुवित्त र गोर्खाज फाइनान्स रहेका छन् ।  

यी चार कम्पनीमध्ये बोटलर्स नेपाल(तराई) र बोटलर्स नेपाल(बालाजु) समेत दोश्रो त्रैमासमा घाटामा गएका कम्पनी हुन् । बोटलर्स नेपाल(तराई)को इपीएस ६१ र बालाजुको ७४ रुपैयाँले नेगेटिभ छन् । यी दुवै कम्पनीका आरओई, पीई पनि नेगेटिभ छ । बोटलर्स नेपाल(तराई) र बोटलर्स नेपाल(बालाजू) क्रमशः २०.७ करोड तथा २५.६८ करोडले घाटामा छन् ।  

ग्रामीण विकास लघुवित्तको इपीएस १९.७२ रुपैयाँ र गोर्खाज फाइनान्सको २८.०२ रुपैयाँ रहेको छ । यी दुवै कम्पनी दोश्रो त्रैमाससम्ममा नाफामै छन् र दुवैको आरओई र पीई पनि सन्तोषजनक नै छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.