मर्जरपश्चात ग्रामिण विकास लघुवित्तको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्रामिण विकास लघुवित्तको सेयर सूचीकृत भएको छ । संस्थाको सेयर ‘जीबीएलबीएस’ सिम्बोलबाटै सूचीकृत भएको हो ।साविकको ग्रामिण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था एकआपसमा मर्जर हुँदा १ः१ अनुपातमा कायम हुन आएको सेयर सूचीकृत भएको हो । संस्थाको अंकित मूल्य १०० रुपैयाँ दरकै कुल एक करोड ५३ हजार ५०० कित्ता सेयर सूचीकृत भएको हो ।

