काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्रामिण विकास लघुवित्तको सेयर सूचीकृत भएको छ । संस्थाको सेयर ‘जीबीएलबीएस’ सिम्बोलबाटै सूचीकृत भएको हो ।
साविकको ग्रामिण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था एकआपसमा मर्जर हुँदा १ः१ अनुपातमा कायम हुन आएको सेयर सूचीकृत भएको हो । संस्थाको अंकित मूल्य १०० रुपैयाँ दरकै कुल एक करोड ५३ हजार ५०० कित्ता सेयर सूचीकृत भएको हो ।
यी दुई संस्था एकआपसमा मर्ज भएपश्चात् नेप्सेले दुबै संस्थाको सेयर कारोबार रोक्का राखेको थियो । नेप्सेले आजैदेखि ग्रामिण विकास लघुवित्तको नामबाट सेयर सूचीकृत गराएको छ ।
नेप्सेले सो कम्पनीको ओपनिङ रेञ्ज ८०४।९१ रुपैयाँ तोकेको छ । उक्त कम्पनीको सेयर भोलिदेखि नै कारोबार खुल्नेछ ।

