मंगलवार, चैत्र १९,२०८१ 11:25:04
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:25:04
IME remit
Global IME Bank Limited

ग्रामिण विकास लघुवित्तको आम्दानी र नाफा दुवै बढ्यो, खराब कर्जा अनुपातमा उल्लेख्य कमी

Hyundai Nepal
ग्रामिण विकास लघुवित्तको आम्दानी र नाफा दुवै बढ्यो, खराब कर्जा अनुपातमा उल्लेख्य कमी
Nabil Bank Limited

काठमाण्डौ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानीमा राम्रो सुधार देखिएको छ । संस्थाले चालु आव २०८०/८१ को पहिलो त्रैमाससम्ममा ८ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले ६ करोड ७३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसरी संस्थाको खुद नाफा ३०.६३ प्रतिशतले बढेको छ ।  

संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले यो अवधिसम्म ३२ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५.४५ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म संस्थाले २५ करोड ६८ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

समीक्षा अवधिसम्म संस्थाले १५ करोड ४ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन रकम अघिल्लो आवको तुलनामा ९.१३ प्रतिशतले बढी हो । यस्तै संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ३२ करोड २२ लाख रुपैयाँ र सञ्चालन मुनाफा १५ करोड ४ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको कर्मचारी खर्च ४.५८ प्रतिशतले घटेर १७ करोड १८ लाख र अन्य सञ्चालन खर्च पनि २.६० प्रतिशतले घटेर ४ करोड ७ लाख रुपैयाँ पुगेको छ ।    

यस्तै संस्थाको रिजर्भको आकार ३.११ प्रतिशतले बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ३ अर्ब ४८ करोड र कर्जा प्रवाह ११ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाको खराब कर्जा अनुपातमा उल्लेख्य कमी आएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ११.५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.७८ प्रतिशतमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ३५.८० रुपैयाँ,प्रतिसयर नेटवर्थ २५४.८८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४१९.०३ रुपैयाँ,मूल्य आम्दानी अनुपात २१.७६ गुणा र तरलता अनुपात १९.१३ प्रतिशत रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.