काठमाण्डौ । समाज लघुवित्त र ग्रामिण विकास लघुवित्तबीच मर्जरसम्बन्धी सम्झौता भएको छ । यी दुवै संस्थाबीच फागुन १७ गते मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंवामा रहेको छ।
गत बिहिबारको अन्तिम कारोबारमा समाज लघुवित्तको मूल्य प्रतिकित्ता ३ हजार ५३९ रुपैयाँ र ग्रामीण विकास लघुवित्तको मूल्य ८९१ रुपैयाँ कायम थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।