काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० हजार कित्ता बढी संस्थापक सेयर लिलामीमा राखिएको छ ।
प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट र गणेश प्रोपटिज् एण्ड इन्भेष्टमेन्टको स्वामित्वमा रहेको ग्रामीण लघुवित्तको ५० हजार ५०० कित्ता सेयर बोलकबोल प्रक्रियामातर्फ चैत ६ गतेदेखि बिक्रीमा राखिएको हो ।
प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेको २८ हजार कित्ता र गणेश प्रोपटिजको स्वामित्वमा रहेको २२ हजार ८ सय कित्ताको गोप्य शिलबन्दी बोलपत्र आह्वान गरिएको हो । दुवै कम्पनीले सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ निर्धारण गरेका छन् । सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।
सेयर खरिदका लागि न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले एनआईसी एशिया क्यापिटलमा आगामी वैशाख १० गतेभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।