महालक्ष्मी विकास बैंकले चार स्थानमा शाखा सार्न घर भाडामा खोज्यो
काठमाडौं । महालक्ष्मी विकास बैंकले मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका चार शाखा स्थानान्तरण गर्न घर वा फ्ल्याट भाडामा खोजेको छ ।बैंकले धनुषाको ढल्केवर, मकवानपुरको मनहरी, रुपन्देहीको बेथरी र कञ्चनपुरको बेलौरीमा शाखा सार्न घर खोजेको हो ।

