काठमाडौं । महालक्ष्मी विकास बैंकले मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका चार शाखा स्थानान्तरण गर्न घर वा फ्ल्याट भाडामा खोजेको छ ।
बैंकले धनुषाको ढल्केवर, मकवानपुरको मनहरी, रुपन्देहीको बेथरी र कञ्चनपुरको बेलौरीमा शाखा सार्न घर खोजेको हो ।
बैंकका अनुसार ९०० देखि १ हजार ४०० वर्गफिट क्षेत्रफल भएको, सडकसँग जोडिएको र पिल्लर प्रणालीमा बनेको घर आवश्यक छ । भुइँ वा पहिलो तलामा उपयुक्त ठाउँ, पार्किङ, एटीएम तथा जेनेरेटर राख्ने सुविधा हुनुपर्नेछ ।
घर भाडामा दिन इच्छुक घरधनीले स्वामित्व, नक्सा पास र घर सम्पन्नताको प्रमाणपत्र तथा नागरिकताको प्रतिलिपिसहित १५ दिनभित्र खामबन्द प्रस्ताव पेस गर्नुपर्नेछ ।
बैंकले कम्तीमा १० वर्षका लागि घर भाडामा लिन चाहेको छ । प्रस्तावमा मासिक भाडादर र घरमा उपलब्ध गराउन सकिने सुविधाको विवरणसमेत खुलाउनुपर्नेछ । साथै, घर कानुनी विवादरहित र सम्बन्धित मापदण्डअनुसारको हुनुपर्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।