चन्द्रागिरीमा पोखराको चर्चित युवा भजन समूहसहित महाशिवरात्रि भजनउत्सव आयोजना हुँदै
काठमाण्डौ । पोखराको चर्चित युवा भजन समूहसहितको महाशिवरात्रि भजन उत्सव चन्द्रागिरी भालेश्वर महादेव मन्दिरमा आयोजना हुने भएको छ । आइतबार महाशिवरात्रिको पावन अवसरमा भालेश्वर महादेव मन्दिर प्राङ्गण, चन्द्रागिरीमा दिनभरि महाशिवरात्रि विशेष भजन उत्सव आयोजना हुनेछ।यस उत्सवमा भजन संस्कृतिलाई नयाँ उचाइ दिइरहेका पोखराको युवा भजन समूहको समेत दिउसो २ देखि ५ बजेसम्म विशेष भजन...

