बुधबार, चैत्र २०,२०८१ 01:02:45
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:02:45
IME remit
Global IME Bank Limited

२७ वर्षदेखि पूँजीबजार र पशुपतिनाथसँग जोडिएका ‘बाबाको’ बिगुल, ‘अब अर्थतन्त्र र पूँजीबजारले छलाङ मार्छ’

Hyundai Nepal
२७ वर्षदेखि पूँजीबजार र पशुपतिनाथसँग जोडिएका ‘बाबाको’ बिगुल, ‘अब अर्थतन्त्र र  पूँजीबजारले छलाङ मार्छ’
Nabil Bank Limited

काठमाण्डौ । आज महाशिवरात्री देशभर धुमधामका साथ मनाइँदैछ । भक्तजनहरुले देशका विभिन्न शिव मन्दिर र चोकचोकमा शिवरात्री पर्व मनाईरहेका छन् । चोकचोकका बालबालिकहरुले डोरी तानेर शिवको जन्मदिनमा भेटी पनि उठाइरहेका देखिन्छन् । शिवरात्री मनाउन आज पशुपतिमा सयौ बाबाहरु छिमेकि देश भारतदेखि र देशका अन्य भागबाट ओइरिएका छन् ।  

आज पशुपतिमा धर्म, कर्म र व्यापार सबै गर्नेको भीड देखिन्छ । हजारौ तिर्थालु धर्म कर्मको लागि लाइन बसेका छन भने पश्ुपतिमा शिलाजित देखि शिवको प्रसाद भन्दै बुटिकको ब्यापार पनि राम्रै चलेको देखिन्छ ।  

यसै सिलसिलामा आज हामीले देशको अर्थतन्त्र र पूँजीबजारको विषयमा पशुपति क्षेत्रमा पुगेर त्यहाँस्थित केही बाबाहरुसँग जिज्ञासा पनि राखेका छौं । धेरैलाई अचम्म पनि लाग्न सक्छ के पशुपतिमा भेटिएका बाबालाई देशको अर्थतन्त्र तथा पूँजीबजारको विषयमा ज्ञान वा चिन्ता होला ? के त्यस्ता मानिस पशुपतिमा भेटिन्छन् ? पक्कै पनि बाबाको भेषमा हिँडेकाहरु पनि देशको अर्थतन्त्र र पूँजीबजारसँग प्रत्यक्ष जोडिएका हुन्छन् । केही त्यस्ता व्यक्तिहरु हुन्छन् जो आर्थिक रुपमा सम्पन्न भएतापनि स्वेच्छाले बाबाको भेषमा पशुपतिमा बस्ने गर्छन् ।  

Shivam Cement
Bizshala
CG Motors

आज पशुपतिमा हामीले यस्तै एकजना बाबा भेटेका छौं । जो २०५३ सालदेखि पशुपतिमा बाबाको भेषमा बस्दै आएका छन् । उनी त्यही समयदेखि कमोडोटिज र सेयरबजारमा सक्रिय रुपमा लागिरहेका छन् । उनले आफ्नो अनुभब सुनाँउदै भने, ‘मैले २०५३ सालमा कमोडिटिज बजारमा २÷३ लाख गुमाए । सेयर बजारमा कति कमाइयो कति गुमाइयो ? कुनै हिसाबनै छैन ।’  

हाल साइडवेजमा चलेको पूँजीबजार र अर्थतन्त्रलाई जोड्दै उनले भने, ‘अब नयाँ गभर्नर आउँदै गर्दा पूँजीबजार र देशको अर्थतन्त्रले छलाङ् मार्ने छ । अब आउने नयाँ गभर्नर स्वतन्त्र र कसैको आज्ञापालक नभएर देशको हितमा काम गर्ने हुनुपर्छ ।’ मंगलबार आएको मौद्रिक नीति नराम्रो नआएको र सेयर बजारले थप गति लिनेमा पनि उनी बिश्वस्त देखिए ।  

उनले देशको अर्थतन्त्र र पूँजीबजारको विषयमा मात्रै नभएर हाल पशुपति क्षेत्रमा पशुपति विकास बोर्डले सन्तमहन्त तथा  बाबाजीहरुलाई गरेको व्यबस्थापनमा पनि असन्तुष्टि पोखे । उनले आफू २७ वर्ष अघिदेखि पशुपतिमा बस्दै आएको तर विरेन्द्र राजाको समयपछि पशुपतिमा बाबाजीहरुलाई गरिने व्यवहारमा अन्तर आउन थालेको गुनासो गरे ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यो समयमा बाबाजीहरुलाई राम्रो सम्मान दिइन्थ्यो । त्यही अनुसार भेटी र सम्मान थियो । तर अहिले पशुपतिमा बढी अनियमिता हुन थालेको पनि उनले आशंका व्यक्त गरे । उनले भने, ‘पशुपति भनेको तिर्थालु भक्त,गरिब दिनदुखि तथा जनवारदेखि चराचुरुङगीको पनि हो । तर अहिले सबै बाहिरको मान्छेले मात्रै सहयोग दिन थालेका छन् तर पशुपतिको व्यबस्थापनले हेर्न छाडेको छ । पूँजीबजारमा भने उनले आम लगानीकर्ताहरुलाई सेयर कर्जा बढी लिएर लगानी नर्गन सुझाव दिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.