बुधबार, श्रावण १३,२०८३ 02:48:16
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 02:48:16
Bizshala
Global IME Bank Limited

चन्द्रागिरीमा पोखराको चर्चित युवा भजन समूहसहित महाशिवरात्रि भजनउत्सव आयोजना हुँदै

चन्द्रागिरीमा पोखराको चर्चित युवा भजन समूहसहित महाशिवरात्रि भजनउत्सव आयोजना हुँदै
New Office

काठमाण्डौ । पोखराको चर्चित युवा भजन समूहसहितको महाशिवरात्रि भजन उत्सव चन्द्रागिरी भालेश्वर महादेव मन्दिरमा आयोजना हुने भएको छ । आइतबार महाशिवरात्रिको पावन अवसरमा भालेश्वर महादेव मन्दिर प्राङ्गण, चन्द्रागिरीमा दिनभरि महाशिवरात्रि विशेष भजन उत्सव आयोजना हुनेछ।

यस उत्सवमा भजन संस्कृतिलाई नयाँ उचाइ दिइरहेका पोखराको युवा भजन समूहको समेत दिउसो २ देखि ५ बजेसम्म विशेष भजन प्रस्तुती हुनेछ। उत्तम बराल र जुपिटर पौडेलसहितको भजन समूहले प्रस्तुत गर्ने भजनमा सहभागी हुँदै भजन गर्ने तथा श्रवण गर्दै सहभागीहरूले आध्यात्मिक अनुभव लिन सक्ने छन्। साँझ शिव धुनीसँगै महाआरती ग्रहण गर्ने अवसर पनि प्राप्त हुनेछ।

महाआरती ग्रहण गर्न आउने भक्तजनहरूका लागि चन्द्रागिरी केबलकारले साँझ साढे ४ बजेपछि ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ। महाशिवरात्रि एवं महाआरतीमा सहभागी हुने भक्तजनहरूको सुविधा ध्यानमा राख्दै केबलकार पनि साँझ ८ बजे सम्म सञ्चालनमा रहने छ।

चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेवको महिमा र धार्मिक–सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको यस उत्सवमा श्रद्धालु भक्तजन र भजन संगीतप्रेमी सम्पूर्ण महानुभावहरूले महाशिवरात्रिको अलौकिक आनन्द लिन सक्नेछन्। भजन संगीत र आध्यात्मिक ऊर्जासँग भालेश्वर महादेवको दर्शन गर्दै यस वर्षको महाशिवरात्रि विशेष बनाउन चन्द्रागिरि हिल्सले आग्रह पनि गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.