ओपन एआईले आगामी वर्ष आफ्नो पहिलो एआई चिप लञ्च गर्ने
काठमाण्डौ । ओपन एआईले आफ्नो पहिलो एआई चिप आगामी वर्षबाट उत्पादन गर्ने भएको छ । कम्पनीले अमेरिकी चिप निर्माता कम्पनी ब्रोडकमसँगको सहकार्यमा चिप उत्पादन गर्ने भएको हो ।कम्पनीले बाह्य ग्राहकका लागि नभई आफ्नो आन्तरिक प्रयोगका लागि चिप उत्पादन गर्न लागेको जनाइएको छ ।