काठमाण्डौ । टेस्ला कम्पनीका मालिक एलन मस्कले कृत्रिम बौद्धिकता कम्पनी ‘ओपन एआई’लाई ९.७४ बिलियन डलरमा खरिद गर्ने प्रस्ताव गरेका छन् । मस्कको एआई कम्पनी एक्सएआईका साथै साथै वेलोर इक्विटी पाटनर्स, ब्यारेन क्यापिटल जस्ता इन्भेष्टमेन्ट कम्पनीले यस्तो प्रस्ताव गरेका हुन् ।
मस्कको यो प्रस्तावलाई ओपन एआईका सीईओ श्याम अल्टम्यानले अस्विकार गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘नो थ्याङ्क्यु । यदि तपाई चाहनुहुन्छ भने हामी पनि ट्विटरलाई ९.७४ बिलियन डलरमा खरिद गर्न चाहन्छौं ।’
अल्टम्यानलाई जवाफ दिदै मस्कले उनलाई ‘स्क्याम अल्टम्यान’ भनेका छन् । मस्कले ओपन एआई ओपन सोर्स, सेफ्टी फोकस्ड फोर्समा जाने समय आएको बताए ।
द वाल स्ट्रिट जर्नलका अनुसार यो प्रस्ताव मस्कको वकिल मार्क टोबेराफमार्फत सोमबार ओपन एआईको बोडमा पेश गरेका थिए ।
ओपन एआईले नोभेम्बर २०२२ मा च्याटजीपीटी ल्याएको थियो । यो एआई टुलले छोटो समयमै लोकिप्रयता कमाएको छ ।