सोमबार, फाल्गुन ४,२०८२ 12:12:49
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:12:49
Bizshala
Global IME Bank Limited

ओपनएआईले लन्च गर्यो नयाँ एआई वेब ब्राउजर ‘एटलस’, के गुगल क्रोमलाई चुनौती दिनेछ ?

ओपनएआईले लन्च गर्यो नयाँ एआई वेब ब्राउजर ‘एटलस’, के गुगल क्रोमलाई चुनौती दिनेछ ?
Shivam Cement

काठमाण्डौ । च्याट जीपीटी निर्माता आपेन एआईले मंगलबार आफ्नो पहिलो एआई–संचालित वेब ब्राउजर ‘च्याट जीपीटी एटलस’ लन्च गरेको छ । अधिकांश विश्लेषकले यसलाई गुगल क्रोमको सबैभन्दा ठूलो प्रतिद्वन्द्वीको रूपमा हेरेका छन्।

कम्पनीका सीईओ साम अल्टम्यानले भने, ‘एटलसले परम्परागत ब्राउजरको अनुभवलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ । यसले ठेगाना पट्टीको सट्टा सीधा च्याट जीपीटी इन्टरफेशबाट काम गर्दछ।’

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

एटलसको पहिलो संस्करण हाल एप्पल एमएसीओएसमा जारी गरिएको छ। प्रयोगकर्ताहरूले आफ्नो च्याट जीपीटी खाताबाट लग इन गर्न सक्छन् र समान च्याट इन्टरफेस भित्र वेब खोज, वेबपेज खोल्ने, र सामग्री सारांश जस्ता सुविधाहरू पहुँच गर्न सक्छन्। ओपनएआईले यसमा सशुल्क एजेन्ट मोड पनि हुने बताएको छ। यो सुविधाले स्वचालित रूपमा इन्टरनेटमा खोजी गर्नेछ र प्रयोगकर्ताको निर्देशन अनुसार जानकारी सङ्कलन गर्नेछ र खोज परिणामहरूको सारांश प्रस्तुत गर्नेछ।

ओपनएआईले आफ्नो एआई टेक्नोलोजीलाई व्यावसायिक उत्पादनहरूमा रूपान्तरण गर्न र यसका राजस्व स्रोतहरूलाई विविधीकरण गर्न कदम चालिरहेको बेला यो प्रक्षेपण भएको हो।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.