काठमाण्डौ । च्याट जीपीटी निर्माता आपेन एआईले मंगलबार आफ्नो पहिलो एआई–संचालित वेब ब्राउजर ‘च्याट जीपीटी एटलस’ लन्च गरेको छ । अधिकांश विश्लेषकले यसलाई गुगल क्रोमको सबैभन्दा ठूलो प्रतिद्वन्द्वीको रूपमा हेरेका छन्।
कम्पनीका सीईओ साम अल्टम्यानले भने, ‘एटलसले परम्परागत ब्राउजरको अनुभवलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ । यसले ठेगाना पट्टीको सट्टा सीधा च्याट जीपीटी इन्टरफेशबाट काम गर्दछ।’
एटलसको पहिलो संस्करण हाल एप्पल एमएसीओएसमा जारी गरिएको छ। प्रयोगकर्ताहरूले आफ्नो च्याट जीपीटी खाताबाट लग इन गर्न सक्छन् र समान च्याट इन्टरफेस भित्र वेब खोज, वेबपेज खोल्ने, र सामग्री सारांश जस्ता सुविधाहरू पहुँच गर्न सक्छन्। ओपनएआईले यसमा सशुल्क एजेन्ट मोड पनि हुने बताएको छ। यो सुविधाले स्वचालित रूपमा इन्टरनेटमा खोजी गर्नेछ र प्रयोगकर्ताको निर्देशन अनुसार जानकारी सङ्कलन गर्नेछ र खोज परिणामहरूको सारांश प्रस्तुत गर्नेछ।
ओपनएआईले आफ्नो एआई टेक्नोलोजीलाई व्यावसायिक उत्पादनहरूमा रूपान्तरण गर्न र यसका राजस्व स्रोतहरूलाई विविधीकरण गर्न कदम चालिरहेको बेला यो प्रक्षेपण भएको हो।