जीवन बीमा कम्पनीहरुको प्रिमियम कलेक्सन झण्डै एक खर्ब रुपैयाँ, सबैको व्यवसायमा ग्रोथ
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले झण्डै एक खर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।यो प्रिमियम गत आवको सोही अवधिसम्मको तुलनामा १७ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ८० अर्ब ६६ करोड ३८ लाख...

