बिहीबार, चैत्र २१,२०८१ 04:05:56
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:05:56
IME remit
Global IME Bank Limited

जीवन बीमा कम्पनीले संकलन गरे ४१ अर्बको प्रिमियम, रिलायबल नेपाल लाइफको सर्वाधिक ग्रोथ

Hyundai Nepal
जीवन बीमा कम्पनीले संकलन गरे ४१ अर्बको प्रिमियम, रिलायबल नेपाल लाइफको सर्वाधिक ग्रोथ
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले ४१ अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४१ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।  

जीवन बीमकहरुको यो व्यवसाय गत आवको तुलनामा ०.६८ प्रतिशतले मात्रै बढी हो । गत आवको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड रुपैयाँ बीमा शुल्क भित्र्याएका थिए ।  

देशको अर्थतन्त्रमा सुधार देखिँदै गएपनि बीमा कम्पनीहरुको व्यवसाय भने सामान्य मात्रै बढेको देखिएको छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी र साविक तीनवटा कम्पनी मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्सको व्यवसाय भने गत आवको तुलनामा घट्न पुगेको छ । अन्य कम्पनीहरुको पनि सामान्य मात्रै बढेको देखिएको छ ।

Shivam Cement
Bizshala
CG Motors

असोज मसान्तसम्म सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ रहेको छ । कम्पनीले ११ अर्ब ९९ करोड रुपैयाँ प्रिमियम संकलन गरी सबैभन्दा धेरै व्यवसाय गर्ने कम्पनी बन्न सफल भएको छ ।  

त्यस्तै, दोस्रोमा नेशनल लाइफले ४ अर्ब ९० करोड रुपैयाँ प्रिमियम संकलन गर्दा एलआइसी नेपालले पनि ४ अर्ब ५७ करोड रुपैयाँ प्रिमियम संकलन गरी तेस्रो स्थान जमाएको छ ।  

यता हिमालयन लाइफले भने ४ अर्ब ३१ करोड मात्रै प्रिमियम संकलन गरेको छ । कम्पनीले संकलन गरेको यो बीमाशुल्क गत आवको तुलनामा १।५८ प्रतिशत कम हो । गत आवको यस अवधिसम्म हिमालयन लाइफले ४ अर्ब ३८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।  

यसका साथै सुर्यज्योति लाइफले २ अर्ब ४९ लाख, एशियन लाइफले २ अर्ब ३ करोड, सिटिजन लाइफले १ अर्ब ७४ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड, मेट लाइफले १ अर्ब ४४ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ४० करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २४ करोड, आइएमई लाइफले १ अर्ब २१ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब २० करोड र सन नेपाल लाइफले ९३ करोड २७ लाख रुपैयाँ मात्रै प्रिमियम भित्र्याएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कुनले कति बढाए व्यवसाय ?  

गत आवको पहिलो त्रैमाससम्मको तुलनामा यस आवमा सबैभन्दा बढी व्यवसाय बढाउनेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीले १९।२७ प्रतिशतले प्रिमियम संकलन बृद्धि गरेको छ ।  

त्यस्तै, दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले पनि १६।९९ प्रतिशतले व्यवसाय ग्रोथ गरेको तथ्याङ्कले देखाएको छ ।  

यता सिटिजन लाइफले १६.१५ प्रतिशत, आइएमई लाइफले १०.३६ प्रतिशत, नेपाल लाइफले ९.५१ प्रतिशत, एशियन लाइफले ८.९८ प्रतिशत, सुर्यज्योति लाइफले ८.४५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले ७.७० प्रतिशत, मेट लाइफले ५.५२ प्रतिशत, सन नेपाल लाइफले ५.२३ प्रतिशत, सानिमा रिलायन्स लाइफले ३.५३ प्रतिशत र एलआइसी नेपालले १.४६ प्रतिशतले व्यवसाय बढाएको छ ।  

त्यस्तै, दुई कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी र हिमालयन लाइफको व्यवसाय भने घटेको छ । हिमालयन लाइफको १.५८ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको ६५.३५ प्रतिशतले व्यवसाय घटेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.