इम्पेयरमेन्ट चार्ज बढ्दा रिलायन्स फाइनान्सको नाफा २६.२७% ले घट्यो, लाभांश क्षमता ऋणात्मक
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८२–८३ को वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको नाफामा संकुचन आएको छ । गत आवमा कम्पनीले ५ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २६.२७ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीले ६ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो । सो अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानीमा सुधार...

