काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णयसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।