काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले विद्यमान संस्थापक सेयर संस्थापक सेयरधनीका लागि उक्त सेयरको खरिद आवेदन खुलाएको हो ।
इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौ कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ ।
संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।