काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले १४ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी भदौ २० गते काठमाण्डौ बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटमा बिहान ११ बजे सभा आायेजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा पीईभीसी (भेन्चर क्यापिटल) तथा सामूहिक लगानी कोषको संस्थापक सेयरमा लगानी गर्ने, बुक बिल्डिङ समेतको कार्य गर्ने व्यवस्था थप गरि कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने अन्य कुनै उपयुक्त बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय पारित गरिनेछ ।
यसैगरी आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आव २०७९÷८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी भदौ ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।