१ लाख करोड भारु नाफा कमाउने पहिलो भारतीय कम्पनी बन्यो रिलायन्स, सेयरधनीलाई प्रतिसेयर भारु.१० लाभांश
काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिज लिमिटेड १ लाख करोड भारु मुनाफा आर्जन गर्ने पहिलो भारतीय कम्पनी बनेको छ । रिलायन्सले आव २०२३÷२४ को चौथो त्रैमासमा यो उपलब्धी हासिल गरेको हो । प्रतिवेदनअनुसार रिलायन्स कर चुक्ता गर्नुअघि १ लाख करोड भारु मुनाफा आर्जन गर्ने पहिलो कम्पनी बनेको हो । यसका साथै कम्पनी रेकर्डतोड १० लाख करोड कन्सोलिडेटेड एनुअल...