सोमबार, असार २,२०८२ 03:54:06
  • सोमबार, असार २,२०८२ 03:54:06
Global IME Bank Limited

१ लाख करोड भारु नाफा कमाउने पहिलो भारतीय कम्पनी बन्यो रिलायन्स, सेयरधनीलाई प्रतिसेयर भारु.१० लाभांश

Hyundai Nepal
१ लाख करोड भारु नाफा कमाउने पहिलो भारतीय कम्पनी बन्यो रिलायन्स, सेयरधनीलाई प्रतिसेयर भारु.१० लाभांश
Nabil Bank Limited

काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिज लिमिटेड १ लाख करोड भारु मुनाफा आर्जन गर्ने पहिलो भारतीय कम्पनी बनेको छ । रिलायन्सले आव २०२३÷२४ को चौथो त्रैमासमा यो उपलब्धी हासिल गरेको हो ।  

प्रतिवेदनअनुसार रिलायन्स कर चुक्ता गर्नुअघि १ लाख करोड भारु मुनाफा आर्जन गर्ने पहिलो कम्पनी बनेको हो । यसका साथै कम्पनी रेकर्डतोड १० लाख करोड कन्सोलिडेटेड एनुअल रेभिन्यू आर्जन गरेको छ ।  

चौथो त्रैमाससम्म कम्पनीको खुद नाफा भने १८ हजार ९५१ करोड भारु रहेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिकाु तुलनामा भने २ प्रतिशतले कम हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनको सञ्चालन मुनाफा २.३७ लाख करोड भारु रहेको छ ।  

कम्पनीले सेयरधनीका लागि प्रतिसेयर १० भारु नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

गत  महिना रिलायन्स इन्डष्ट्रिज २० लाख करोड बजार पूँजीकरणसहित भारतको सबैभन्दा मूल्यवान कम्पनी बनेको थियो । यसअघि कम्पनीले सन् २०२१ मा १५ लाख करोडको बजार पूँजीकरणको आँकडा पार गरेको थियो । सन् २०१९ मा कम्पनीको बजार पूँजीकरण १० लाख करोड भारु पुगेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.