सोमबार, चैत्र २५,२०८१ 12:57:43
IME remit
  • सोमबार, चैत्र २५,२०८१ 06:42:43
IME remit
Global IME Bank Limited

क्रिप्टो बजार प्रवेश गरे मुकेश अम्बानी, ‘जिओक्वाइन’ जारी

Hyundai Nepal
क्रिप्टो बजार प्रवेश गरे मुकेश अम्बानी, ‘जिओक्वाइन’ जारी
Nabil Bank Limited

काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स जिओ क्रिप्टो बजारमा प्रवेश गरेको छ । रिलायन्स जिओले आफ्नो पहिलो क्रिप्टोकरेन्सी, ‘जिओ क्वाइन’ जारी गरेको छ ।  

यस सम्बनधी जानकारी मिडिया रिपोर्टबाट प्राप्त भएको छ । यद्यपी कम्पनीले जिओक्वाइनको बारेमा आधिकारीक घोषणा भने गरेका छैन । जिओक्वाइन एउटा डिजिटल टोकन वा क्रिप्टो टोकन हो । अहिले यो पोलिगन ल्याबस्मा आधारित छ ।  

Shivam Cement
Bizshala
CG Motors

रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जिओ प्लेटफर्मले पोलिगन ल्याब्सका साथ साझेदारी गरेको छ । जुन एउटा घरेलु डेभलपर्स हो । यी दुवैले विगत एक वर्षभन्दा बढी समयदेखि डिजिटल करेन्सीको विषयमा काम गरिरहेका छन् ।  

के हो जिओ क्वाइन ?

जिओक्वाइन एउटा डिजिटल टोकन हो । जसलाई क्रिप्टो करेन्सीको रुपमा तयार गरिएको छ । यो जिओस्पेयरमा इन्टरनेट ब्राउजिङको क्रममा प्राप्त हुनेछ । ब्राउजर जिओस्पेयरको स्वामित्व जिओ प्लेटफर्मसँग रहेको छ । कयौं प्रयोगकर्ताले जिओक्वाइनलाई जिओस्पेयरमा देखिएको बताएका छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जिओको यो डिजिटल करेन्सीलाई प्राप्त गर्न एकदमै सजिलो भएको जनाइएको छ । रिपोर्टका अनुसार भारतीय मोबाइल नम्बरको प्रयोग गरेर प्रयोगकर्ताहरुले जिओक्वाइन प्राप्त गर्न सक्नेछन् । यसका लागि प्रयोगकर्ताले बेब ब्राउजरमा इन्टरनेटमा आधारित ऐप चलाउनु पर्नेछ । केही शर्तपश्चात प्रयोगकर्ताले जिओक्वाइन पाउनेछन् ।  

मिडियो रिपोर्टका अनुसार जिओक्वाइनका लागि पोलिगन वालेटको प्रयोग गर्नु पर्नेछ । जिओक्वाइनको विषयमा सबैभन्दा पहिलो सन् २०१८ मा जानकारी आएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.