सोमबार, बैशाख ७,२०८३ 03:03:33
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 03:03:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

क्रिप्टो बजार प्रवेश गरे मुकेश अम्बानी, ‘जिओक्वाइन’ जारी

Bizshala
क्रिप्टो बजार प्रवेश गरे मुकेश अम्बानी, ‘जिओक्वाइन’ जारी
Shivam Cement

काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स जिओ क्रिप्टो बजारमा प्रवेश गरेको छ । रिलायन्स जिओले आफ्नो पहिलो क्रिप्टोकरेन्सी, ‘जिओ क्वाइन’ जारी गरेको छ ।  

यस सम्बनधी जानकारी मिडिया रिपोर्टबाट प्राप्त भएको छ । यद्यपी कम्पनीले जिओक्वाइनको बारेमा आधिकारीक घोषणा भने गरेका छैन । जिओक्वाइन एउटा डिजिटल टोकन वा क्रिप्टो टोकन हो । अहिले यो पोलिगन ल्याबस्मा आधारित छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जिओ प्लेटफर्मले पोलिगन ल्याब्सका साथ साझेदारी गरेको छ । जुन एउटा घरेलु डेभलपर्स हो । यी दुवैले विगत एक वर्षभन्दा बढी समयदेखि डिजिटल करेन्सीको विषयमा काम गरिरहेका छन् ।  

के हो जिओ क्वाइन ?

जिओक्वाइन एउटा डिजिटल टोकन हो । जसलाई क्रिप्टो करेन्सीको रुपमा तयार गरिएको छ । यो जिओस्पेयरमा इन्टरनेट ब्राउजिङको क्रममा प्राप्त हुनेछ । ब्राउजर जिओस्पेयरको स्वामित्व जिओ प्लेटफर्मसँग रहेको छ । कयौं प्रयोगकर्ताले जिओक्वाइनलाई जिओस्पेयरमा देखिएको बताएका छन् ।  

CG Motors
Garima Development Bank
IME remit

जिओको यो डिजिटल करेन्सीलाई प्राप्त गर्न एकदमै सजिलो भएको जनाइएको छ । रिपोर्टका अनुसार भारतीय मोबाइल नम्बरको प्रयोग गरेर प्रयोगकर्ताहरुले जिओक्वाइन प्राप्त गर्न सक्नेछन् । यसका लागि प्रयोगकर्ताले बेब ब्राउजरमा इन्टरनेटमा आधारित ऐप चलाउनु पर्नेछ । केही शर्तपश्चात प्रयोगकर्ताले जिओक्वाइन पाउनेछन् ।  

मिडियो रिपोर्टका अनुसार जिओक्वाइनका लागि पोलिगन वालेटको प्रयोग गर्नु पर्नेछ । जिओक्वाइनको विषयमा सबैभन्दा पहिलो सन् २०१८ मा जानकारी आएको थियो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.