आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले कात्तिक २५ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

