शुक्रबार, बैशाख ४,२०८३ 08:15:30
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 08:15:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आरएसडिसी लघुवित्तको नाफा र खुद ब्याज आम्दानी दुवै घट्यो, ईपीएस कति ?

Bizshala
आरएसडिसी लघुवित्तको नाफा र खुद ब्याज आम्दानी दुवै घट्यो, ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार संस्थाले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले ६ करोड ९३ लाख खुद नाफा कमाएको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

संस्थाको खुद ब्याज आम्दानी पनि घटेको छ । संस्थाले समीक्षा अवधिसम्म ११ करोड २१ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८.११ प्रतिशतले कम हो । गत आवको दोस्रो त्रैमाससम्म संस्थाले १२ करोड २० लाख खुद ब्याज आम्दानी गरेको थियो । संस्थाको खुद सञ्चालन आम्दानी पनि ३०.४८ प्रतिशतले घटेर ८ करोड ८० लाख रुपैयाँमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म संस्थाले कर्मचारीका लागि १ करोड ७६ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च ४५ लाख ९४ हजार रुपैयाँबराबर खर्च गरेको छ । यो अवधिमा संस्थाको रिटेन्ड अर्निङ भने ३४.७४ प्रतिशतले बढेर १३ करोड ११ लाख रुपैयाँ पुगेको छ । यस्तै संस्थाको रिजर्भको आकार १६ करोड ४५ लाख रुपैयाँबाट बढेर १७ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

दोस्रो त्रैमाससम्म संस्थाले २ करोड ६० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । संस्थाको खराब कर्जा अनुपात १.८१ प्रतिशतबाट बढेर २.७१ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ९.३६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७८७.३९ रुपैयाँ, पीई रेसियो ७१.६१ गुणा, तरलता अनुपात १३.७२ प्रतिशत र प्रतिसेयर नेटवर्थ १३२.२९ रुपैयाँ कायम भएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.