मंगलवार, फाल्गुन १२,२०८२ 02:57:10
Bizshala
  • मंगलवार, फाल्गुन १२,२०८२ 02:57:10
Bizshala
Global IME Bank Limited

खुद ब्याज आम्दानी घटेसँगै आरएसडिसी लघुवित्तको नाफामा १९% को गिरावट

खुद ब्याज आम्दानी घटेसँगै आरएसडिसी लघुवित्तको नाफामा १९% को गिरावट
Shivam Cement

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी घटेसँगै नाफामा पनि गिरावट आएको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाका नाफा  खुद ब्याज आम्दानी १९.२० प्रतिशतले घटेको छ ।  

संस्थाले चालु आवको पहिलो त्रैमाससम्म २ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने संस्थाले २ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

यस्तै संस्थाले ४ करोड ४८ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३०.०४ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म संस्थाले ६ करोड ४० लाख खुद ब्याज आम्दानी गरेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

संस्थाको खुद सञ्चालन आम्दानी पनि १४.५७ प्रतिशतले घटेर ४ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाको वितरणयोग्य मुनाफा ९ करोड ९३ लाख र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ६.१७ प्रतिशत रहेको छ ।    

यो अवधिमा संस्थाको रिटेन्ड अर्निङ बढेको छ । अघिल्लो आवमा ८ करोड ३४ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ बढेर ९ करोड ९३ लाख पुगेको छ । संस्थाको रिजर्भको आकार पनि १८ करोड ३१ लाख रुपैयाँबाट बढेर १९ करोड ६ लाख रुपैयाँ पुगेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरी संस्थाले ४२ लाख ८७ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । संस्थाको खराब कर्जा अनुपात २.५७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)८.१७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६३९.०४ रुपैयाँ, पीई रेसियो ७३.०६ गुणा, तरलता अनुपात १७.६२ प्रतिशत र प्रतिसेयर नेटवर्थ १२८.०४ रुपैयाँ कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.