सोमबार, असार २,२०८२ 11:21:02
  • सोमबार, असार २,२०८२ 11:21:02
Global IME Bank Limited

आरएसडिसी लघुवित्तको खुद नाफा ३६.४७% ले बढ्यो, आम्दानी र अन्य सूचकको अवस्था कस्तो ?

Hyundai Nepal
आरएसडिसी लघुवित्तको खुद नाफा ३६.४७% ले बढ्यो, आम्दानी र अन्य सूचकको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले चौथौ त्रैमाससम्म १४ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.४७ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले १० करोड ७४ लाख खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी भने घटेको छ । संस्थाले समीक्षा अवधिसम्म २४ करोड ४७ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.२२ प्रतिशतले कम हो । गत आवको चौथो त्रैमाससम्म संस्थाले २८ करोड ८६ लाख खुद ब्याज आम्दानी गरेको थियो । संस्थाको कुल सञ्चालन आम्दानी भने २९.२३ प्रतिशतले बढेर खुद सञ्चालन मुनाफा २६ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म संस्थाले कर्मचारीका लागि ४ करोड ३८ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च १ करोड १२ लाख रुपैयाँबराबर गरेको छ । संस्थाको ३५.२४ प्रतिशतले बढेर १६ करोड ३७ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ भने १४.७१ प्रतिशतले घटेर ६ करोड ७६ लाख रुपैयाँमा सीमित बनेको छ । चौथो त्रैमाससम्म संस्थाले ६५ लाख ६६  हजार रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । संस्थाको खराब कर्जा अनुपात १.४० प्रतिशतबाट बढेर ३.३१ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१५.५३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७०५.७६ रुपैयाँ, पीई रेसियो ४४.५६ गुणा, तरलता अनुपात १.०३ प्रतिशत र प्रतिसेयर नेटवर्थ १२४.५० रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.