सानिमा ग्रोथ फन्डले इकाइधनीलाई ५% नगद लाभांश वितरण गर्ने
काठमाण्डौ । सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फन्डले इकाइधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ।सानिमा ग्रोथ फन्डले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाइधनीलाई ५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। फन्डले सार्वजनिक गरेको सूचनाअनुसार...

