काठमाण्डौ । सानिमा इक्विटी फण्ड र सानिमा ग्रोथ फण्डका इकाईधनीहरुलाई आजदेखि प्रतिफल वितरण गरिने भएको छ । सानिमा बैंक लिमिटेड कोष प्रवर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहि सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यी दुई योजनाका इकार्यधनीहरुलाई आजदेखि प्रतिफल वितरण गर्न लागिएको हो ।
योजना व्यवस्थापक सानिमा क्यापिटलका अनुसार गत भदौ २५ गतेसम्म अभौतिक इकाई धारण गरेका इकाईधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा यी दुवै योजनाका लागि घोषणा गरिएको प्रतिफल जम्मा गर्न लागिएको हो ।
सानिमा इक्विटी फण्डका इकाईधनीहरुका लागि १५ प्रतिशत र सानिमा ग्रोथ फण्ड लागि पनि १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण हुँदैछ ।
आफ्नो इकाई धितो राखेका इकाईधनीहरुको हकमा प्रतिफल प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अबजेक्सन लेटर वा फुकुवा पत्र अनिवार्य पेश गरे पश्चात् मात्र बैंक खातामा प्रतिफल जम्मा गरिने समेत योजना व्यवस्थापकले जनाएको छ ।