काठमाण्डौ सानिमा लार्ज क्याप फण्डको प्रतिफल वितरण स्थगन गरिएको छ । सानिमा बैंक लिमिटेड कोष प्रवर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहि सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डको १० प्रतिशत प्रतिफल वितरण स्थगन गरिएको हो ।
नेपाल धितोपत्र बोर्डले भदौ २५ गते लाभांश स्थगन गर्न निर्देशन दिए बमोजिम हाल उक्त योजनाको प्रतिफल वितरण कार्य स्थगन गरिएको सानिमा क्यापिटलले जनाएको छ ।
योजना व्यवस्थापक सानिमा क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फण्डका लागि १५ प्रतिशत सानिमा लार्ज क्याप फण्डका लागि १० प्रतिशत र सानिमा ग्रोथ फण्ड लागि पनि १० प्रतिशत नगद लाभांश ९कर सहित० प्रदान गर्ने निर्णय गरेको थियो ।