मंगलवार, आश्विन १३,२०८३ 07:12:46
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:12:47
Bizshala
Global IME Bank Limited

इक्राद्वारा स्ट्याण्डर्ड चार्टर्ड बैंक र सानिमा क्यापिटललाई प्रदान गरेको रेटिङ पुनःपुष्टि

Bizshala
इक्राद्वारा स्ट्याण्डर्ड चार्टर्ड बैंक र सानिमा क्यापिटललाई प्रदान गरेको रेटिङ पुनःपुष्टि
New Office

काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपाल लिमिटेडले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र सानिमा क्यापिटललाई विगतमा प्रदान गरेको रेटिङ पुनःपुष्टि गरेको छ  । कम्पनीले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई विगतमा प्रदान गरेको [ICRANP-IR] AAA निष्काशनकर्ता रेटिङ्गलाई पुनःपुष्टि गरेकोछ । 

उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा अति उच्च मात्रामा सुरक्षीत मानिन्छन्। यस्ता निकायहरुमा अति न्यून क्रेडिट जोखिम रहेको हुन्छ ।

उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्राले जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै इक्राले सानिमा क्यापिटल लिमिटेडलाई विगतमा प्रदान गरेको [ICRANP] AMC Quality 3+ रेटिङ्गलाई पुनःपुष्टि गरेको छ । AMC3+ रेटिङ्ग प्रदान गरिएको निकायको व्यवस्थापन गुणता पर्याप्त मात्रामा आश्वस्त हुन सकिने भनि निर्धारण गरिएको हुने कम्पनीले जनाएको छ । 

इक्रा नेपालले दिने राय व्यवस्थापकले व्यवस्थापन गरेको योजनाको कानूनी पालना, वित्तीय कार्य सम्पादन तथा भविष्यको कार्य सम्पादन बारेको राय भने नभएको कम्पनीले जनाएको छ ।

इक्रा नेपालले AMC1 देखि AMC5 सम्मको स्केलमा रेटिङ्ग प्रदान गर्दछ जसमा AMC1 ले अति उच्च मात्रामा व्यवस्थापन गुणबारे आश्वस्त मानिने र AMC5 ले कमजोर व्यवस्थापन गुण जनाउछ । गुणता रेटिङ्ग २, ३ र ४ मा प्रयोग गरिने (जोड) चिन्हले त्यस वर्गको तुलनात्मक सकारात्मक स्थितिलाई जनाउछ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.