सोमबार, असार २,२०८२ 03:20:48
  • सोमबार, असार २,२०८२ 03:20:48
Global IME Bank Limited

इक्राद्वारा स्ट्याण्डर्ड चार्टर्ड बैंक र सानिमा क्यापिटललाई प्रदान गरेको रेटिङ पुनःपुष्टि

Hyundai Nepal
इक्राद्वारा स्ट्याण्डर्ड चार्टर्ड बैंक र सानिमा क्यापिटललाई प्रदान गरेको रेटिङ पुनःपुष्टि
Nabil Bank Limited

काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपाल लिमिटेडले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र सानिमा क्यापिटललाई विगतमा प्रदान गरेको रेटिङ पुनःपुष्टि गरेको छ  । कम्पनीले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई विगतमा प्रदान गरेको [ICRANP-IR] AAA निष्काशनकर्ता रेटिङ्गलाई पुनःपुष्टि गरेकोछ । 

उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा अति उच्च मात्रामा सुरक्षीत मानिन्छन्। यस्ता निकायहरुमा अति न्यून क्रेडिट जोखिम रहेको हुन्छ ।

उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्राले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै इक्राले सानिमा क्यापिटल लिमिटेडलाई विगतमा प्रदान गरेको [ICRANP] AMC Quality 3+ रेटिङ्गलाई पुनःपुष्टि गरेको छ । AMC3+ रेटिङ्ग प्रदान गरिएको निकायको व्यवस्थापन गुणता पर्याप्त मात्रामा आश्वस्त हुन सकिने भनि निर्धारण गरिएको हुने कम्पनीले जनाएको छ । 

इक्रा नेपालले दिने राय व्यवस्थापकले व्यवस्थापन गरेको योजनाको कानूनी पालना, वित्तीय कार्य सम्पादन तथा भविष्यको कार्य सम्पादन बारेको राय भने नभएको कम्पनीले जनाएको छ ।

इक्रा नेपालले AMC1 देखि AMC5 सम्मको स्केलमा रेटिङ्ग प्रदान गर्दछ जसमा AMC1 ले अति उच्च मात्रामा व्यवस्थापन गुणबारे आश्वस्त मानिने र AMC5 ले कमजोर व्यवस्थापन गुण जनाउछ । गुणता रेटिङ्ग २, ३ र ४ मा प्रयोग गरिने (जोड) चिन्हले त्यस वर्गको तुलनात्मक सकारात्मक स्थितिलाई जनाउछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.