सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ हजार ८२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।