काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ७.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६१७.९६ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६६४.३१ रुपैयाँ कायम थियो । आइतबारको कारोबारबाट नयाँ समायोजित मूल्यमा आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश गरी कुल ७.८९४७ प्रतिशत लाभांश लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
लाभांश पारित गर्न कम्पनीले चैत २१ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्दैछ ।