सर्वाधिक नगद पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि हुने
काठमाण्डौ । सूर्य नेपाल गल्फ टुर २०२४/२५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ। असार २ गतेदेखि ५ गतेसम्म हुने प्रतियोगिता ७२ होलको हुनेछ। ३६ होलपछि कट लागू हुने नियम रहेको छ। ‘कट बनाउने शीर्ष २१ प्रोफेसनल खेलाडीहरू (टाइ परेमा हो समेत) तथा त्यही स्कोर बनाउने एमेच्योर...