सोमबार, आश्विन २६,२०८३ 05:00:25
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 05:00:25
Bizshala
Global IME Bank Limited

सर्वाधिक नगद पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि हुने

Bizshala
सर्वाधिक नगद पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि हुने
New Office

काठमाण्डौ । सूर्य नेपाल गल्फ टुर २०२४/२५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ।  

असार २ गतेदेखि ५ गतेसम्म हुने प्रतियोगिता ७२ होलको हुनेछ।  ३६ होलपछि कट लागू हुने नियम रहेको छ। ‘कट बनाउने शीर्ष २१ प्रोफेसनल खेलाडीहरू (टाइ परेमा हो समेत) तथा त्यही स्कोर बनाउने एमेच्योर खेलाडीहरूले अन्तिम दुई राउन्डको लागि स्थान बनाउने छन्,’ नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दिपक आचार्यले भने ।  

चार दिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीको लागि दाबेदारी प्रस्तुत गर्नेछन्। साथै, प्रतियोगितामा १८ जना उत्कृष्ट एमेच्योर खेलाडीहरू पनि प्रतिस्पर्धा गर्नेछन्।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

विजेताले उपाधि सहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार  र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन्। शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन्।  

सिजनभर उत्कृष्ट प्रदर्शन गर्दै तीन उपाधि जितेर  ७ लाख ४२ हजार ५ सय नगद पुरस्कार पाएका निरज तामाङ जारी सिजनको अर्डर अफ मेरिटकप शीर्ष स्थानमा छन्। तोरण शाही (४ लाख ९ हजार ५ सय) दोस्रो र भुवन नगरकोटी (३ लाख ६४ हजार ५ सय) तेस्रो स्थानमा छन्।

भारतमा प्रोफेसनल गल्फ टुर खेलिरहेका शुक्र बहादुर राई र सुबास तामाङले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। एमेच्योरतर्फ यो सिजनमा उपाधि जितेका सदभाव आचार्य र राहुल विश्वकर्मा तथा भुटानका शीर्ष एमेच्योर निम दोर्जी तामाङले प्रो गल्फरहरूलाई कडा टक्कर दिने अनुमान गरिएको छ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

चार दिने प्रतियोगितापछि असार ७ गते (शनिबार( प्रो–एम प्रतियोगिता हुनेछ। जहाँ  २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन्।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्र मान श्रेष्ठले भने, ‘यो सिजनको अन्तिम प्रतियोगिता नेपाली गल्फ इतिहासमै सबैभन्दा ठूलो पुरस्कार राशासहित हुँदैछ। खेलाडीहरू निकै जोशमा छन्, उनीहरू सिजनलाई सफलता पूर्वक टुंग्याउन तत्पर छन्। सूर्य नेपाल प्रालिलाई नेपाली गल्फको निरन्तर प्रगतिमा दिएको साथका लागि हामी हार्दिक धन्यवाद दिन्छौं।’

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.