टीसीएल नेपालद्वारा नवीनतम उत्पादनहरूको प्रदर्शनी र व्यावसायिक छलफल सम्पन्न
काठमाण्डौ । टीसीएल नेपालले पश्चिम नेपालका डिलरहरूसँगको सहकार्यलाई अझ बलियो बनाउन बर्दियामा एक महत्त्वपूर्ण डिलरमिट सफलतापूर्वक आयोजना गरेको थियो। यस कार्यक्रममा नवीनतम उत्पादनहरूको प्रदर्शनी, बजार प्रवृत्तिहरूको विश्लेषण, र डिलरहरूसँग दीर्घकालीन साझेदारीको रणनीतिहरू छलफल गरिएको थियो।