काठमाण्डौ । टिसिएल इलेक्ट्रोनिक्सले मार्केट रिसर्च कम्पनी ओमडियाबाट पुनः ग्लोबल टप २ टिभी ब्राण्डको रूपमा मान्यता प्राप्त गरेको छ।ओम्डियाको ग्लोबल टिभी सेट रिपोर्ट २०२३ अनुसार टीसीएलले आफ्नो दोस्रो स्थान कायम राखेको हो।
ब्रान्ड ग्लोबल टिभी बजारमा लगातार दोस्रो वर्ष, कुल २५.२६ मिलियन युनिट बिक्री गर्दै १२.५ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ। यो उपलब्धिको मूलकारण कम्पनीको मिनी एलईडीटिभीहरू जस्ता सफल प्रिमियम टिभीहरुको श्रृंखला २०२३ मा बजारमा उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ।
यस खालका टिभीले हालैका वर्षहरूमा चर्चा पाएका छन्। आफ्नो प्रिमियम टिभी उत्पादन पोर्टफोलियोलाई विस्तार गर्ने र अभिवृद्धि गर्ने लक्ष्यका साथ, टिसिएलले सन् २०१९ मा विश्वमै मिनी एलईडी टिभीको ठूलो उत्पादन गर्ने पहिलो कम्पनी बनको थियो ।