काठमाण्डौ । टीसीएल नेपालले पश्चिम नेपालका डिलरहरूसँगको सहकार्यलाई अझ बलियो बनाउन बर्दियामा एक महत्त्वपूर्ण डिलरमिट सफलतापूर्वक आयोजना गरेको थियो। यस कार्यक्रममा नवीनतम उत्पादनहरूको प्रदर्शनी, बजार प्रवृत्तिहरूको विश्लेषण, र डिलरहरूसँग दीर्घकालीन साझेदारीको रणनीतिहरू छलफल गरिएको थियो।
कार्यक्रममा टीसीएल नेपालका प्रतिनिधिहरूले कम्पनीको प्रगति, उत्पादन नवीनीकरण, र प्रतिस्पर्धी बजारमा अग्रसर हुने योजनाहरू बारे विस्तृत प्रस्तुती दिएका थिए। पश्चिम नेपालका डिलरहरूले पनि व्यावसायिक अनुभव, चुनौतीहरू, र अवसरहरूबारे अन्तरक्रियात्मक सत्रहरूमा सक्रिय सहभागीता जनाएका थिए।
प्रदर्शनीमा प्रदर्शित उत्पादनहरू Television, Residential Air Conditioner, Washing Machine, Refrigerator, Cassette AC, Soundbar, Water Dispenser यसैसँग, क्यूएलईडी टिभीहरूको फोरके रिजोल्युशन, इन्भर्टर एयर कन्डिसनरको उर्जा–सक्षम प्रविधि, र अन्य उत्पादनहरूको उच्चगुणस्तरीय विशेषताहरू बारे प्रयोगात्मक प्रदर्शन गरिएको थियो।