पुटिनद्वारा युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव
काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष र तत्काल वार्ता सुरु गर्न चाहेको बताएका छन् । उनले यही मे १५ गतेदेखि वार्ता सुरु हुने बताए ।शनिबार राति टिभी मार्फत जनतालाई सम्बोधन गर्दै पुटिनले भने, ‘हामी वार्ता गम्भीर होस् भन्ने चाहन्छौं ताकि यो युद्धको जरासम्म पुग्न सकियोस् र बलियो र दिगो शान्ति स्थापना होस्।’