आईसीएफसी फाइनान्सको १०.५२६३ प्रतिशत नगद लाभांश पारित, सञ्चालकको बैठक भत्ता पनि बढ्यो
काठमाडौं। आईसीएफसी फाइनान्स लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभाले सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको साधारणसभा मंगलबार काठमाडौंको बौद्धस्थित बौद्ध हेरिटेजमा सम्पन्न भएको हो। साधारणसभाले सञ्चालक समितिबाट प्रस्ताव भएबमोजिम कम्पनीको चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले हुने १२ करोड ४५ लाख ४५ हजार ७०३ रुपैयाँ ६६ पैसा...

