आर्थिक सर्वेक्षण: वृद्धभत्ता र सामाजिक सुरक्षाले बढायो सरकारको आर्थिक भार, सामाजिक सुरक्षा भत्ता लिने ३६ लाख नाघे
काठमाण्डौं । सरकारको सामाजिक सुरक्षा दायित्व वर्षेनी बढ्दै जाँदा राज्यकोषमाथि आर्थिक दबाब पनि गहिरिँदै गएको देखिएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार हाल सामाजिक सुरक्षा भत्ता लिने नागरिकको संख्या ३६ लाख ४१ हजार पुगेको छ, जसले सरकारी खर्चको ठूलो हिस्सा सामाजिक सुरक्षा शीर्षकमै केन्द्रित हुँदै गएको संकेत गरेको छ ।

