काठमाण्डौ । सरकारले सङ्घीय संसद्–प्रतिनिधिसभा र राष्ट्रियसभा) मा ‘आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले चालू आवको आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।
अर्थमन्त्रीले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म भएका आर्थिक, भौतिक वित्त, विकासलगायत समग्र अवस्थाको बारेमा सदनलाई जानकारी गराएका छन् ।
सो क्रममा पुनले आर्थिक वर्ष २०८०/८१ को प्रारम्भमा मागमा संकुचन आएको भएतापनि अधिकांश समष्टीगत आर्थिक–सामाजिक परिसूचकमा क्रमशःसुधार हुँदै गएको बताएका छन् । उत्पादनमूलक उद्योग तथा निर्माण क्षेत्रको उत्पादनमा आएको संकुचनको बाबजुत कृषि तथा सेवा क्षेत्रमा भएको विस्तारका कारण मुलुकको अर्थतन्त्र ३.८७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । अर्थमन्त्रीले गत आर्थिक वर्षमा अन्तराष्ट्रिय बजारमा उच्च रहेको इन्धनको मूल्य क्रमशःघट्दै गएको र विश्व आपूर्ती श्रृंखलामा हुँदे गएको सहजताका कारण चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रापस्फिती लक्षित सीमाभित्र रहि मूल्य स्थायित्व कायम भएको बताएका छन् ।
उनले सो क्रममा राजश्व परिचालन क्रमशःसुधार हुँदै गएको भएपनि लक्ष्यभन्दा संकलन न्यून रहेको बताए । ‘पूँजीगत खर्चमा अपेक्षित सुधार हुन सकेको छैन । तथापी समग्र खर्च बढेको छ । वित्तीय क्षेत्रमा सुधार हुँदै गएको छ । निक्षेप एंम कर्जाको ब्याजदर घट्दै गएको छ । बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य रकम प्रयाप्त रहेको छ । लगानी सम्बन्धीका नीतिगत तथा कानूनी व्यवस्थामा गरिएको सुधारका कारण लगानीको समग्र वातावरणमा सुधार आएको छ । वस्तु पैठारीमा आएको कमी,विप्प्रेषण आयमा आएको उल्लेख्य वृद्धि लगायतका कारण मुलककको शोधानान्तर स्थिती हालसम्म उच्च बचतमा रहि बाह्या क्षेत्र थप बलियो हुँदै गएको छ,’ अर्थभमन्त्रीले भने,‘पर्यटन क्षेत्र कोभिड पूर्वकै अवस्थामा पुगेको छ । जलविद्युत उत्पादन बढेसँगै भारततर्फको विद्युत निकासी बढेको छ । निरपक्षे गरिबीको रेखामुनी रहेको जनसंख्या २०.२७ प्रतिशत छ । मानव विकास सूचकांक ०.६०१ रहेको छ ।
अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने क्रममा बताएका आगामी आर्थिक परिदृश्य र जोखिम यस्ता छन्ः
आर्थिक परिदृश्य
लगानी सम्बन्धी नीतिगत तथा कानूनी व्यवस्था गरिएको सुधारले लगानीको वातावरण सिर्जना भई स्वदेशी तथा विदेशी लगानी अभिवृद्धि हुने,
–कर्जाको ब्याजदर घट्दै गएकाले निजी क्षेत्रमा प्रवाह हुने कर्जा बढ्ने,
–लगानीको वातावरण बन्दै गएको तथा पछिल्लो समयमा अर्थतन्त्रमा सुधारको संकेत देखिएकोले लगानी र उपभोग बढ्न गई वस्तु पैठारीमा सामान्य वृद्धि हुने,
–पर्यटन आगमन र विप्रेषण आप्रवाहमा निरन्तर वृद्धि हुँदै जाने देखिएकाले शोधानान्तर स्थिति बचतमा रहिरहने र विदेशी विनिमय सञ्चिती प्रयाप्त रहने
जोखिम
चालु खर्चलाई मितव्ययी बनाउँदै लगेको भएपनि राजश्व संकलनमा अपेक्षित सुधार हुन नसक्दा वित्त घाटा बढ्न सक्ने,
–विभिन्न मूलुकबीच जारी तनाव कायम रहेमा अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र खाद्यान्नको मूल्य बढ्न गई समग्र मूल्यस्तरमा चाप पर्न सक्ने,
–जालवायुु परिवर्तनजन्य घटनामा हुने वृद्धिले सरकारको आकस्मिक दायित्व बढ्ने ,