बिहीबार, आश्विन २९,२०८३ 10:50:46
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 10:50:46
Bizshala
Global IME Bank Limited

दिल्लीले पत्याएन दुर्गा प्रसाईलाई, उल्टै दियो चेतावनी: 'उपचारका नाममा राजनीति र झूठा दाबी नगर्नू'

Bizshala
दिल्लीले पत्याएन दुर्गा प्रसाईलाई, उल्टै दियो चेतावनी: 'उपचारका नाममा राजनीति र झूठा दाबी नगर्नू'
New Office

नयाँदिल्ली । भारतीय सरकारले नेपालका विवादास्पद व्यापारी तथा राजतन्त्र पुनर्स्थापना अभियान्ता दुर्गा प्रसाईंसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। प्रसाईं यो साता क्यान्सरको उपचार जाँचका लागि दिल्ली आएका थिए। यो छोटो समयमै उनको दोस्रो भारत भ्रमण हो।

प्रसाईंले आफ्नो यो यात्रालाई ‘भारतीय नेताहरूसँग भेटेर नेपालमा राजतन्त्र र हिन्दू राष्ट्र फर्काउन नैतिक साथ खोज्ने प्रयास’ भनेर प्रचार गरेका थिए। तर भारतले यस्तो कुनै कुरामा चासो नरहेको र कुनै सहयोग नदिएको जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

भारतीय अधिकारीहरूका अनुसार, नेपालको निर्वाचित सरकारसँग राम्रो सम्बन्ध राख्ने बेलामा प्रसाईंको राजनीतिक हल्लाले अनावश्यक झन्झट मात्रै निम्त्याएको छ। नेपालको आन्तरिक मामिलामा हात हाल्ने जस्तो देखिन नदिन भारत सतर्क छ।

“हामीले प्रसाईंलाई भारतमा राजनीति नगर्न र भारतले साथ दिएको झूटो कुरा नफैलाउन चेतावनी दिएका छौं,” एक अधिकारीले एनडीटीभीसँग भने।

उनका अनुसार, यो पटक पनि प्रसाईं वा उनका छोराले कुनै भारतीय मन्त्री, नेता वा पार्टीसँग भेट्न सकेनन्। यो पहिलेका असफल कोसिससँग मिल्छ।

प्रसाईंले मंसिर ७ गते (नोभेम्बर २३) काठमाडौंमा ठूलो राजावादी सभा बोलाएका छन्। त्यसपछि देशभर सडक बन्द र ठूल्ठूला प्रदर्शन गर्ने योजना छ।

उनका भाषणमा राष्ट्रवाद र गणतन्त्रविरोधी कुरा हुन्छन्, जसले राजावादीहरूलाई उत्साहित बनाउँछ तर ठूला दलहरूले विरोध गर्छन्।

भारतका अधिकारीहरू प्रसाईंले ‘भारत हाम्रो पक्षमा छ’ भन्ने दाबीबाट रिसाएका छन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

“प्रसाईंको राजनीतिसँग भारतको कुनै सरोकार छैन-न त सिधा, न त घुमाउरो,” नेपाल मामिला हेर्ने एक वरिष्ठ अधिकारीले भने। “उनी नेपालकै मान्छे हुन्, उनको काममा हाम्रो कुनै समर्थन छैन।”

भारतले नेपालसँगको नीति स्पष्ट छ-हस्तक्षेप गर्दैन, निर्वाचित सरकार र प्रजातान्त्रिक निकायसँग मात्रै काम गर्छ, साना-ठूला आन्दोलनसँग होइन।

नेपालमा प्रसाईंका सभाहरूमा हिंसा र पक्राउ पर्ने गरेका छन्। दुवै देशका जानकारहरू भन्छन्प्र-साईंले भारतको नाम जोडेर नेपालमा आफ्नो प्रभाव बढाउन खोजेका थिए, तर भारतले स्पष्ट अस्वीकार गरेपछि उनको यो दाउ फेल भयो।

गत वैशाखमा पनि उनी हिंसात्मक प्रदर्शनपछि भागेर भारत पुगेका थिए। त्यहाँ भारतीय प्रहरीले पक्राउ गरेर नेपाललाई बुझाएको थियो। त्यसबेला उनका समर्थकहरूले दर्जनौं सरकारी र निजी भवनमा आगो लगाएका थिए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.