मंगलवार, श्रावण १९,२०८३ 03:14:45
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 03:14:45
Bizshala
Global IME Bank Limited

आर्थिक सर्वेक्षण : खेती विस्तार तीव्र, बीऊमा आत्मनिर्भर बन्न सकेन, ७६ प्रतिशतभन्दा बढी तरकारी बीउ विदेशबाटै आयात

आर्थिक सर्वेक्षण : खेती विस्तार तीव्र, बीऊमा आत्मनिर्भर बन्न सकेन, ७६ प्रतिशतभन्दा बढी तरकारी बीउ विदेशबाटै आयात
New Office

काठमाण्डौं । नेपालमा तरकारी खेतीको विस्तार तीव्र रूपमा बढिरहे पनि बीऊ उत्पादनमा आत्मनिर्भरता हासिल हुन नसक्दा कृषि क्षेत्र अझै विदेशी बजारमा निर्भर रहेको तथ्य सार्वजनिक भएको छ ।  

आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालमा तरकारी उत्पादन बढेपनि त्यसको आधार मानिने गुणस्तरीय बीऊमा गम्भीर परनिर्भरता कायम रहेको देखाएको हो ।

सर्वेक्षणअनुसार देशभर हाल ३ लाख ३२ हजार १३० हेक्टर क्षेत्रफलमा तरकारी खेती भइरहेको छ ।  

यति ठूलो क्षेत्रफलका लागि वार्षिक करिब २ हजार ९ सय ८० टन तरकारी बीऊ आवश्यक पर्ने भएपनि स्वदेशी उत्पादनले त्यसको केवल २३.५ प्रतिशत माग मात्रै धान्न सकेको छ ।  

बाँकी अधिकांश बीऊ भारतसहित विभिन्न विदेशी बजारबाट आयात गर्नुपर्ने अवस्था रहेको छ ।

यसले नेपालको कृषि प्रणाली उत्पादनमा विस्तार भएपनि आधारभूत कृषि सामग्रीमै कमजोर रहेको संकेत गरेको छ ।  

विशेषगरी टमाटर, काउली, बन्दा, गोलभेडा, प्याज तथा अन्य हाइब्रिड तरकारीका बीऊमा विदेशी कम्पनीहरूको वर्चस्व अझै उच्च रहेको जनाइएको छ ।

नेपालमा खेतीयोग्य जमिन, जलवायु र उत्पादन क्षमता पर्याप्त हुँदाहुँदै पनि बीऊ अनुसन्धान, संरक्षण र व्यावसायिक उत्पादन प्रणाली कमजोर हुँदा किसान विदेशी बीऊमा निर्भर हुन बाध्य भएका छन् ।

विदेशी बीऊको मूल्य महँगो हुने, हरेक वर्ष पुनः खरिद गर्नुपर्ने र जलवायु अनुकूलता सधैं सुनिश्चित नहुने भएकाले यसले किसानको लागत र जोखिम दुवै बढाइरहेको छ ।

चालू आर्थिक वर्षको फागुनसम्म सरकारी निकायबाट विभिन्न मौसमी तरकारीका २५ लाख बेर्ना उत्पादन गरिएको तथ्यांक छ ।  

अघिल्लो आर्थिक वर्षमा ४३ लाख ५ हजार बेर्ना उत्पादन भएको थियो ।  

चालू वर्षको अन्त्यसम्म करिब ४० लाख बेर्ना उत्पादन हुने अनुमान गरिएको छ ।

त्यस्तै सरकारी फार्म केन्द्रहरूबाट फागुनसम्म ९६९ किलोग्राम तरकारी बीऊ उत्पादन गरिएको छ ।  

गतआर्थिक वर्षमा २ हजार ५ सय ७ किलोग्राम बीऊ उत्पादन भएको थियो भने चालू वर्षको अन्त्यसम्म २ हजार ५ सय ८७ किलोग्राम उत्पादन हुने प्रक्षेपण गरिएको छ ।

यद्यपि सरकारी उत्पादनको आकार अझै देशको वास्तविक मागको तुलनामा अत्यन्त न्यून रहेको देखिन्छ ।  

बीऊ उत्पादनलाई राष्ट्रिय प्राथमिकतामा नराख्ने हो भने खाद्य सुरक्षा, कृषि आत्मनिर्भरता र किसानको आय वृद्धि लक्ष्य प्रभावित हुन सक्छ ।

स्वदेशी बीऊ अनुसन्धान केन्द्र विस्तार, बीऊ बैंक स्थापना, स्थानीय जात संरक्षण, सरकारी फार्म आधुनिकीकरण तथा निजी क्षेत्रसँग सहकार्य बढाउनुपर्ने देखिएको छ ।  

नेपालले तरकारी उत्पादनमा मात्र होइन, बीऊमै आत्मनिर्भर बन्ने रणनीति नबनाएसम्म कृषि क्षेत्रको वास्तविक रूपान्तरण सम्भव नहुने सर्र्वेेक्षणले देखाएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.