शुक्रबार, कार्तिक ६,२०८३ 11:09:52
  • शुक्रबार, कार्तिक ६,२०८३ 11:09:52
Global IME Bank Limited

आर्थिक सर्वेक्षण : सरकारी संस्थानमा अर्बौं लगानी, नाफामा केवल २७ वटा

Bizshala
आर्थिक सर्वेक्षण : सरकारी संस्थानमा अर्बौं लगानी, नाफामा केवल २७ वटा
New Office

काठमाण्डौं । सरकारले सार्वजनिक संस्थानहरूमा अर्बौं रुपैयाँ लगानी बढाइरहे पनि धेरै संस्थान अझै घाटामै चलिरहेको तथ्य सार्वजनिक भएको छ ।  

आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशभर सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा छन् भने बाँकी संस्थान आर्थिक संकट र कमजोर कार्यसम्पादनको चपेटामा रहेका छन् ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सर्वेक्षणले १६ वटा संस्थान घाटामा सञ्चालन भइरहेको देखाएको छ भने २ वटा संस्थान पूर्ण रूपमा बन्द अवस्थामा पुगेका छन् ।  

अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा जाने संस्थानको संख्या समेत घटेको छ । गत वर्ष २८ वटा संस्थान नाफामा थिए ।

सरकारको लगानी भने लगातार बढिरहेको छ ।  

आर्थिक वर्ष २०८२ असारसम्म सार्वजनिक संस्थानहरूमा सरकारको कुल सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।  

त्यस्तै ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।  

यससँगै सार्वजनिक संस्थानहरूमा सरकारको कुल वित्तीय जोखिम झन्डै ८ खर्ब रुपैयाँ नाघेको छ ।

अर्थविद्हरूका अनुसार सरकारी स्वामित्वका धेरै संस्थान राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, अनुत्पादक खर्च र पुरानो संरचनाका कारण प्रतिस्पर्धात्मक बन्न सकेका छैनन् ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कतिपय संस्थान वर्षौंदेखि निरन्तर घाटामा सञ्चालन भइरहेका छन्, जसले राज्यकोषमाथि थप दबाब सिर्जना गरिरहेको छ ।

विशेषगरी हवाई सेवा, औद्योगिक क्षेत्र, यातायात र सेवा क्षेत्रमा रहेका केही संस्थानमा उच्च प्रशासनिक खर्च, कमजोर व्यवसायिक रणनीति र कार्यक्षमता अभाव मुख्य समस्या देखिएको विश्लेषण गरिएको छ ।  

घाटामा रहेका संस्थान टिकाइराख्न सरकारले हरेक वर्ष ठूलो रकम अनुदान, ऋण र पुनर्पूंजीकरणमा खर्च गर्नुपरेको अवस्था छ ।

अर्थविश्लेषकहरू सार्वजनिक संस्थानलाई सुधार नगर्ने हो भने ती राज्यका लागि उत्पादनमूलक सम्पत्तिभन्दा दीर्घकालीन आर्थिक बोझमा परिणत हुने चेतावनी दिन्छन् ।  

उनीहरूले व्यवस्थापन सुधार, निजी क्षेत्रसँग सहकार्य, संरचनात्मक पुनर्संरचना र व्यावसायिक सञ्चालन मोडेल अपनाउनुपर्ने सुझाव दिएका छन् ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.